+

९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

नेपालकैरन

भरतपुर ।  चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आउनुभएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । शुक्रबार बिहान डा भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । 

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

नेपालकैरन

डोल्पा। त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका-१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको उक्त ‘बेलिब्रिज’ आजदेखि सञ्चालनमा आएको हो ।

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

नेपालकैरन

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् ।आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

समाचार

दश किलोमिटर टाढाबाट सरमुकाममा खानेपानी

दश किलोमिटर टाढाबाट सरमुकाममा खानेपानी

कालिकोट । कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको अभाव कम गर्नका लागि १० किलोमिटर टाढाबाट खानेपानी ल्याइएको छ । सदरमुकामवासीलाई खानेपानीको पहुँचमा पुर्याउन नगरपालिकाकै अग्लो चुली पहाडको पानी सदुरमुकाम मान्म बजारमा ल्याइएको हो ।

राजनीति

 सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही

सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त हुनुभएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

बागलुङमा गर्भपतन गराउनेको सङ्ख्या वृद्धि

बागलुङमा गर्भपतन गराउनेको सङ्ख्या वृद्धि

बागलुङ । बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्धि हुन थालेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

‘अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र’

काठमाडौँ । रङ्ग पत्रकारिता हुँदै निर्देशक बन्नु भएका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत चर्चामा आउनुभयो । पछिल्लो समय नेपाल मौलिक कथा भन्नेमा अगाडि रहेको निर्देशक सुब्बाले बताउनुभयो । “हामीले निर्माण गरेका चलचित्र अहिले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइरहेका छन् ।

गशिप सबै

खेलकुद

भलिबल खेलाडीलाई सेनाको सहयोग

भलिबल खेलाडीलाई सेनाको सहयोग

कञ्चनपुर । नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा आश्रित सुदूरपश्चिमका विभिन्न जिल्लाका खेलाडीलाई सेनाले खाद्यान्न लगायत सामग्री सहयोग गरेको हो ।

अन्तराष्ट्रिय

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

काठमाडौँ । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनका कारण विश्वव्यापी आर्थिक सम्भावना सुधार भएका छन् । यद्यपि कमजोरीहरू बाँकी रहेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ ।  

फिचर

‘खुसी हुन चुरेकाछवासीबाट सिक्नू’

‘खुसी हुन चुरेकाछवासीबाट सिक्नू’

महोत्तरी ।  महोत्तरीको सुदूरउत्तरी चुरेकाछबस्तीमा पुग्नुभएको छ ? छभने सम्झनुस् त त्यहाँको जनजीवन ! नदी किनार, कान्लाकान्लीको बास । न बाटो, न पुलपुलेसा । बर्खाभरि यहाँका बासिन्दा खोल्सा वारिपारिका छिमेकीलाई पनि भेट्न पाउँदैनन् । न हाटबजार, न त अस्पताल । मिठोमसिनो खाना, राम्रो नाना, ओतलाग्ने सुरक्षित छाना, असञ्चो भइहालेमा स्वस्थोपचार गर्ने संस्था, अहँ ! ती पनि छैनन् ।

सूचना-प्रविधि

हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग

हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग

झापा । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ ।
१० लाख रुपैयाँ खर्च गरेर ड्रोन खरिद गरिएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । 

अन्तर्वार्ता

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु  : उपसभामुख राना

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना

काठमाडौँ । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को जिम्मेवारी थपिएको छ । पदीय जिम्मेवारीसँगै दैनिकीमा व्यस्तता थपिएको छ । तीन दशक बढी जेल सुधार कार्यमा संलग्न राना पहिलोपटक राजनीति र संसदमा प्रवेश गर्नुभएको छ । उहाँ भन्नुहुन्छ–  भूगोलको समावेशितालाई ध्यान दिएर प्राथमिकता छुटयाउनुपर्छ । आवश्यकताका आधारमा प्राथमिकतामा खर्च हुनुपर्छ । 
 

कृषि-पर्यटन

ओशो पार्क’ पर्यटकको रोजाइमा

ओशो पार्क’ पर्यटकको रोजाइमा

धरान । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ । धरानको भानुचोकबाट करिब छ किलोमिटरमाथि निर्माण गरिएको उक्त पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । 

प्रवास

मातृभूमिको विकास गर्न योगदान गर्न आह्वान

मातृभूमिको विकास गर्न योगदान गर्न आह्वान

काठमाडौँ । सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गर्नुभएको छ ।

साहित्य

 फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौँ।  सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फोर्ब्स बुक्स’द्वारा प्रकाशित उक्त पुस्तक आत्मविश्वास अभिवृद्धि, चिन्ता निवारण, प्रभावकारी सञ्चार र बौद्धिकता कसरी बढाउने भन्ने विषयमा केन्द्रित छ । 

विचित्र संसार

घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि....

घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि....

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा रहेको छ । मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मतसम्भार नहुँदा जोखिम बढेको हो ।

राम्रो नेपाल

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ ।  कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा हुनुहुन्छ । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आउनुभएको छ । मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ । आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उहाँ खुसी व्यक्त गर्नुहुन्छ । 

विचार

नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्

नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्

पार्क थेयङ
काठमाडौँ ।
५० वर्षअघि सन् १९७४ मे १५ तारिखमा गणतन्त्र कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना हुँदै गर्दा कोरियाले आर्थिक विकासका खातिर पसिना बगाइरहेको अवस्था थियो । त्यतिबेला हामीले भोगेका अनेकौं पीडादायी क्षण भन्दा नेपालको अवस्था हाम्रोभन्दा सहज थियो भन्ने लाग्छ । कुटनीतिक सम्बन्ध स्थापित भएका हामी दूरीका हिसाबले चार हजार किलोमिटर टाढा रहेका छौँ । आज हामी दुई देशबीचको मित्रता, जनस्तरको सम्बन्ध, सांस्कृतिक समन्वय, विकास साझेदारी कार्यक्रम, रोजगारी समन्वय आदिले नयाँ उचाइ चुमेको छ ।

जीवनशैली

‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’

‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’

मकवानपुर । ज्येष्ठ नागरिकलाई उहाँहरुको इच्छाअनुसार पारिवारिक वातावरणमा बस्न र रमाउन पाउने अवस्था सिर्जना गर्नु समाजका प्रत्येक नागरिकको दायित्व हो । ज्येष्ठ  नागरिक विविध कारणले आफ्ना सन्तानसँग बस्न नसक्नेरनपाउने अवस्था कहीँकसैले सिर्जना गर्नु हुँदैन ।

मल्टिमिडिया

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा

ललितपुर । ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ जाने हरेकलाई लोभ्याउने गरेको छ । यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभा समेत बढाएको छ । 

अपराध

खेतको सिमाना विवादमा सँधियारको हत्या

खेतको सिमाना विवादमा सँधियारको हत्या

सिरहा । सिरहाको अर्नमा गाउँपालिका–२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा  त्यही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ । कोदालो प्रहारबाट बधुरामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।