
कास्की । पोखरामा नयाँ पुस्तालाई लक्षित गर्दै शास्त्रीय सङ्गीत उत्सव गरिएको छ ।
आइतबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको शास्त्रीय सङ्गीत तथा परम्परागत विभागको आयोजनामा उत्सव गरिएको हो । कार्यक्रममा शास्त्रीय सङ्गीत समाज गण्डकी र विन्ध्यावासिनी धार्मिक विकास समितिले सहकार्य गरेको थियो ।
सङ्गीतको व्याकरण शास्त्रीय सङ्गीतप्रति अकर्षण घटिरहेको समयमा नयाँ पुस्तालाई यसबारेमा जानकारी गराउन उत्सव गरिएको शास्त्रीय सङ्गीत तथा परम्परागत विभाग प्रमुख डक्टर किराँतले बताउनुभयो । प्रदीप सारुमगरको यमन रागबाट सुरु भएको उत्सव नृत्याङ्गना माया थापाको शास्त्रीय कथक नृत्यमार्फत बिट मारिएको थियो । उत्सवमा सङ्गीत र नृत्यका आठ प्रस्तुति राखिएको थियो ।
उत्सवमा गण्डकीका कलाकारले तीन शास्त्रीय सङ्गीतको प्रस्तुति दिएको उत्सवमा काठमाडौँबाट आएका कलाकारका पाँच वटा प्रस्तुति रहेका थिए । गायिका सङ्गीता रानाप्रधान, गायक तीर्थराज पोखरेल, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा, नृत्याङ्गाना माया थापा, गायक प्रदीप सारुमगर, विमल लामिछाने, कोएष्टिक पौडेल र अभिषेक भुसालको प्रस्तुति थियो ।
उत्सवमा शास्त्रीय सङ्गीतको थरीथरीका रागमा पोखरेलीले झुम्ने अवसर पाएको शास्त्रीय सङ्गीत समाज गण्डकीका अध्यक्ष श्यामलाल श्रेष्ठले बताउनुभयो । राणाकालीन समयदेखि नै पोखरामा शास्त्रीय सङ्गीतको माहोल सुरु भएको उहाँले सुनाउनुभयो । राणाकालीन समयको अन्त्यसँगै शास्त्रीय सङ्गीत ओेरालो लागेकामा श्रेष्ठको चिन्ता थियो ।
विभाग प्रमुख किराँतले पश्चिमा सङ्गीतको प्रभावले सङ्गीतको व्याकरण शास्त्रीय सङ्गीतप्रति आकर्षण घटिरहेको बताउनुभयो । यो उत्सवले नयाँ पुस्तालाई शास्त्रीय सङ्गीतमा लाग्न प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा