
काठमाडौँ । श्रीमतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर काठमाडौँको जडीबुटी बस्ने २४ वर्षीय फुर्साङ रुम्बा छन् ।
रुम्बाविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिनुभएको छ ।
वैदेशिक रोजगारीमा हुँदा ह्वाट्स एपमा आदान प्रदान गरेको श्रीमतीको गोप्य अंग देखिने फोटो र भिडियो श्रीमानले दुरुपयोग गरेर नक्कली फेसबुक अकाउन्ट बनाएर अपलोड गरेको अनुसन्धानबाट थाहा भएको छ ।
पीडितकी दिदीले दिएको जाहेरीको आधारमा अनुसन्धान गर्दा फुर्साङले नै श्रीमनीको चरित्रहत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा