
काठमाडौँ । प्रहरी मुख्यालयमा कार्यालय समय १०–५) जुनसुकै दर्जाका प्रहरी कर्मचारी ट्रयाक, चप्पल, कल्लर नभएको टिसर्ट लगाएर मुख्यद्धारबाट प्रवेश गर्न पाउँदैनन्, हाफ पाइन्ट लगाएर त सर्वसाधारणलाई समेत प्रवेशमा निषेध छ ।
तर, हिजो मंगलबार प्रहरी महानिरीक्षक बसन्त कुँवरको सचिवालयका एसएसपी दानबहादुर कार्की हाप पाइन्ट र टिसर्टमा आफ्नो कार्यकक्षमा गफिइरहेको देखिन्थ्यो । उनका त्यसबेलाको गतिविधिले लाग्थ्यो उनी कार्यालयमा नभएर आफ्नै घरको बैठक कोठामा साथीहरुसँग मजाक गरिरहेका छन् ।
हुनत यतिबेला महानिरीक्षक कुँवर स्वेदशमा छैनन् । मालिक नभएको घरमा नोकरले पनि आफूलाई मालिक नै ठान्छ रे ! त्यही व्यवहार लागू गरेका हुन सक्छन् एसएसपी दानबहादुर कार्कीले पनि । आईजीपीको सचिवालय सदस्य अनि गृहमन्त्री रवि लामिछानेले रुचाएको व्यक्ति किन आफूखुशी नगरुन् त एसएसपी कार्कीले ?
विदेश गएका महानिरीक्षक कुँवर स्वदेश फर्के लगत्तै एसएसपीबाट डिआईजी बढुवा निस्कने नै छ ।
त्यसमा एसएसपी कार्कीको नाम प्रतिस्पर्धी मध्ये कनिष्ठ नै भए पनि सायद छुट्ने छैन, र अर्का पात्र एसएसपी मनोज केसी पनि छनोटमा पर्ने सम्भावना अहिलेसम्मलाई बलियै छ । किनकी, कनिष्ठ भए पनि एसएसपीद्वय कार्की र केसीलाई गृहमन्त्री लामिछानेले नेतृत्व विकास भन्दै बढुवाको चाहना राखेको सार्वजनिक भइरहकै बेला विभागीय निर्देशनकै उल्लंघन गर्ने एसएसपी कार्कीको दैनिकीमाथि नियमन गर्ने कसको हिम्मत ? हिजो हाप पाइन्ट र टिसर्ट लगाएर कार्यकक्षमा बेमतलवी हैसियतमा बसिरहेका कार्कीसँग चियागफमै गफिनका लागि डिआईजीकै प्रतिस्पर्धी मनोज केसी पनि निकैबेर सँगसँगै देखिएका थिए ।
अरुहरु धेरैले पनि महानिरीक्षकको सचिवालयमा कार्यालय समयमै एसएसपी कार्कीको यस्तो हर्कत पटक्कै रुचाएका थिएनन्, तर मुख खोल्न कसैले सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा