
नवलपुर । नवलपुरमा चालु आर्थिक वर्षको १० महिनामा करिब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार ४ सय ५० रुपैयाँ राजस्व सङ्कलन गरेका हुन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका सूचना अधिकारी कोष नियन्त्रक जीतनारायण महतोले जिल्लामा सङ्कलन भएको राजस्वमध्ये सङ्घीय सरकारलाई जाने राजस्वतर्फ २० अर्ब ५० करोड ६९ लाख ५५ हजार ७ सय ७९ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने ४५ करोड १८ लाख ८ हजार ६ सय ७९ रुपैयाँ सङ्कलन भएको जानकारी दिनुभएको छ ।
आन्तरिक राजस्व कार्यालय कावासोतीले २० अर्ब ३३ करोड ८० लाख ९७ हजार ७ सय ३२ राजस्व सङ्कलन गरेको महतोले जानकारी दिनुभयो । यसैगरी, सङ्घीय सरकारलाई जाने राजस्वतर्फ जिल्ला प्रशासन कार्यालय नवलपुरले ८ करोड ३९ लाख ५१ हजार १ सय २०, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले २ करोड ४२ लाख १ हजार ७ सय ११, जिल्ला अदालत नवलपुरले १ करोड ५७ लाख ७७ हजार ७ सय ९९, त्रिवेणी भन्सार कार्यालयले १ करोड ५८ लाख ५१ हजार ६ सय ४७ राजस्व सङ्कलन गरेका महतोले बताउनुभयो ।
जिल्लास्थित गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये यस वर्षको वैशाख मसान्तसम्ममा यातायात व्यवस्था कार्यालयले २५ करोड ६९ लाख ३९ हजार २ सय २७, मालपोत कार्यालयले १२ करोड ९१ लाख ६१ हजार ६ सय २७, डिभिजन वन कार्यालयले ४ करोड ५२ लाख ८१ हजार ८ सय ५४ रुपैयाँ राजस्व सङ्कलन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह