अन्तर्वार्ता

भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : पूर्वमन्त्री धनराज गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै भएकाले यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ। पूर्वमन्त्री गुरुङले भन्नुभयो– ‘व्यवस्था परिवर्तन हुँदा जनताको अवस्था पनि परिवर्तन गर्दै जानुपर्छ । हाम्रा बहसले सुधारको माग गरिरहेको छन् । छोटो अवधिमा सरकार परिवर्तन गरिरहने प्रवृत्ति अन्त्य गर्नुपर्छ । संसदीय पद्धतिको चरित्र भनेको सरकार र मन्त्रीमात्रै फेरिरहने होइन ।’