
पोखरा । किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको छ ।
पोखरा महानगरपालिका–२६ को सहयोग र वडा कृषि सञ्जालको संयोजनमा विभिन्न कृषक समूह तथा कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गरिएको हो । वडा कृषि सञ्जालको संयोजनमा आज आयोजित एक कार्यक्रमकाबीच पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापा, महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले संयुक्तरुपमा ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कृषकलाई पाँच थान हाते ट्याक्टर, एक सय १० वटा प्लाष्टिक त्रिपाल, ४६ वटा प्लाष्टिक टनेल, एक सय ८० बाउसा, सात स्प्रे मेसिन, छ वटा तौल जाँच्ने मेसिन हस्तान्तरण गरिएको सञ्जालले जनाएको छ ।
वडाध्यक्ष थापाले उत्पादनमा जोड दिँदै कृषि सञ्जालसँगको समन्वयमा ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गरिएको बताउनुभयो । सकेसम्म सबै क्षेत्र र समुदायमा समेट्ने गरी वितरण गर्न खोजिएको बताउँदै उहाँले प्राप्त सामग्रीलाई अधिकतम उपयोग गर्दै उत्पादनमा वृद्धि गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
महानगरका कृषि महाशाखा प्रमुख कडरियाले यहाँका किसानलाई उत्पादनमा जोड दिँदै आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न अनुदान सहयोगका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । अनुदानमा प्राप्त सामग्रीको अधिकतम उपयोगसँगै सामूहिकरुपमा प्रयोग गर्नेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।
कृषकलाई लक्षित गरी महानगरले विभिन्न कृषिजन्य उत्पादनको समर्थन मूल्यसमेत तोकेको बताउँदै कडरियाले खाली जग्गा नराख्ने गरी कृषकले उत्पादनमा क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वडा कृषि सञ्जालका संयोजक केशवराज ढुङ्गानाले अनुदानमा वितरित सामानको बहुुउपयोग गर्दै अधिकतम फाइदा लिनुपर्नेमा जोड दिनुभयो । लेखनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुरारी शर्मा, सिलिङ्गे कृषि सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद रानाभाट, सञ्जालका सहसंयोजक देवी ढुङ्गाना, पशुसेवा केन्द्र लेखनाथका प्रमुख विश्वनाथ गौतम, कृषि सेवा केन्द्रका अधिकृत रामचन्द्र पौडेललगायतले अनुदानमा वितरीत सामग्रीको बहुउपयोग गरी उच्च प्रतिफल लिनपर्नेमा जोड दिनुुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह