
कालिकोट । रास्कोट नगरपालिका वडा नम्बर २ को रास्कोट रंगशाला टाठाबाठाको कमाइ खाने भाँडो बन्दै गएको छ। हरेक बर्ष रंगशालाको नाममा बजेट विनियोजन भएपनि राजनीतिक पहुँचका भरमा कामै नगरी भुत्तानी दिएर रङ्गशाला बेवारिसे बनाएको पाइएको छ ।
पाँच वर्षमा निर्माण सक्ने योजनासाथ निर्माण हुन लागेको सो रंगशाला निर्माणमा अहिलेसम्म २ करोड रुपैयाँ खर्च भइसक्यो । तर रंगशाला बन्ने निश्चित छैन। कर्णाली प्रदेश सरकारबाट २०७५ कार्तिक ६ मा १ करोड, ७६/७७ मा एक करोड र ०७७/७८ मा पनि रंगशालालाई ५० लाख रुपैयाँ बजेट परेको थियो ।
पटक पटक विवादमा पर्दै आइरहेको रास्कोट रंगशालामा पहिलो पटक नेकपा माओवादीका कार्यकर्ता ध्वजबहादुर शाही (मुस्कान) उपभोक्ता समिति अध्यक्ष हुनुहुन्थ्यो । उहाँले स्काभेटरले माटो फालेर १ करोड खर्च भएको बिल पेश गर्नुभयो । अर्को वर्ष नेकपा एमालेका कायकर्ता कुलबहादुर खड्का अध्यक्ष भएपछि फिल्डको पर्खालमा जाली भरेर ७० लाख भुत्तानी लिनुभयो ।
रंगशाला निर्माणका नाममा प्रत्येक बर्ष बजेट विनियोजन हुने तर राजनीतिक पहुँचका आधारमा उपभोत्ता समितिमार्फत् मिलेमतोमा ठेक्का लगाएर कामै नगरी बजेट सक्ने प्रवृत्तिले गर्दा पटक पटक रास्कोट रंगशाला विवादमा मुछिँदै आइरहेको छ। बजेट खर्च गरेजति उपलब्धि भने हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।
‘खर्च दुई करोड भइसक्यो उपलब्धि केही छैन। काटिएको फिल्ड खोलाजस्तै छ। हरेक बर्ष करोडौँ बजेट आउँछ। उपभोक्ता समितिमा बस्न हानथाप हुन्छ । आर्थिक वर्षको अन्तिम महिना (जेठ)मा काम शुरु हुन्छ। केही काम हुन्छ, बाँकी बजेट बिल मिलाएर खान्छन्’ नाम उल्लेख नगर्नेसर्तमा एक स्थानीय बताउनुहुन्छ ।
स्थानीय कमलराज सिम्खाडाका अनुसार पनि यो रंगशाला अहिले टाठाबाठाको कमाइ खाने भाँडो बनेको छ ।
अहिले नाम मात्रको रंगशाला भएको छ। बर्षेनी आएको बजेट सक्ने मात्र काम भएको छ। दुई करोड रुपैयाँ सकिँदा पनि रंगशाला बन्ने/नबन्ने टुंगो छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह