
लुम्बिनी । राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोक्काले हात पारेका छन् ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ३१औँ स्मृति दिवसका अवसरमा बुटवलमा मदन भण्डारी स्पोट्र्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको उनले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गरेका हुन् । म्याराथनमा च्याम्पियन बनेका रोक्काले एक लाख रुपैयाँ पुरस्कार हात पारेका छन् । ‘सबैका लागि खेल’ भन्ने नारासहित आयोजना गरिएको म्याराथनमा १ घण्टा १० मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पार गरेर सेनाकै नरेन्द्र रावत दोस्रो भइ ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
सेनाकै रामजी बस्नेतले एक घण्टा १० मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भइ ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन । हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौँथो,सेनाकै श्रीष लाल पाँचौँ तथा सशस्त्र प्रहरी बलका किरणसिंह बोगटीले छैटौंँ स्थान प्राप्त गरेका छन् ।
चौथो बनेका बुढाले ३० हजार, पाँचौंँ बनेका श्रीष लालले २० हजार र छैटौंँ बनेका बोगटीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवलको कालिकानगरबाट सुरु भएको हाफ म्याराथन तिलोत्तमाको पत्थरडाँडा पुगेर योगिकुटीमा समापन भएको थियो । प्रतियोगिता संयोजक तथा एकेडेमिका एथ्लेटिक्स विभाग प्रमुख मोहनबहादुर घलेका अनुसार एकेडेमीले मदन भण्डारी स्मृति दिवसका अवसरमा राष्ट्रिय खुल्ला हाफ म्याराथनसँगै थप चार विधाका रोड रेस प्रतियोगिता समेत आयोजना गरेको थियो ।
यसमा १० किलोमिटरको खुल्ला महिला दौड प्रतियोगिता, १० किलोमिटर दूरीकै कलेजस्तरीय खुल्ला छात्र दौड, पाँच किलोमिटर दुरीको विद्यालय स्तरीय खुल्ला छात्र र तीन किलोमिटर दुरीको खुल्ला छात्रा दौड प्रतियोगिता राखिएको थियो । सबै विधाका प्रतियोगितामा प्रथमदेखि छैटौंँसम्म हुने खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । प्रतियोगिताका उत्कृष्ट धावकलाई एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुरस्कार प्रदान गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन