
टीकापुर । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले जिल्लाका पशुपालक किसान र सरोकारवालासँग छलफल गरेको छ ।
पशुपालनबाहेक अन्य कृषिकर्ममा लागेका किसानसमेतको सहभागितामा भएको छलफलमा किसानका समस्या, उत्पादन, योजना लगायत उत्पादकत्व वृद्धिका समग्र पक्षबारे विचार व्यक्त भएको थियो । दूध र मासुुमा आत्मनिर्भर हुनसके दूध तथा दूग्धजन्य पदार्थका लागि रकम बाहिरिने रकम स्वदेशमा नै उपयोग हुने वास्तविकतातर्फ पनि किसानको ध्यानाकर्षण गरिएको थियो ।
विशेष गरी पशुपालक किसानले दाना र घाँसको समस्या समस्या, उत्पादन उचित मूल्य र सहज रूपमा बजारको पहुँच विस्तारमा जोड दिएका थिएभने अन्यले मल, सिँचाइ र उन्नत बीउको प्राप्तिमा सघाउन एकाइका पदाधिकारीलाई अनुरोध गरेका थिए ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रमुख भरत कँडेलले प्राप्त सुझाव तथा माग सम्बोधनका निम्ति सम्बनिधत निकायमा पत्राचार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आयोजनाको कृषितर्फको यस वर्षको १४ करोड ८६ लाखमध्ये ७ करोड रुपैयाँ खर्च नहुँदा ‘फ्रिज’ हुने अवस्था सृजना भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह