
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु, घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको प्रवद्र्धन गर्न केन्द्रमा अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी रहेको बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ एवं केन्द्रीय महिला उद्यमी समितिले आजदेखि भृकुटीमण्डपमा आयोजना गरेको नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले बिक्री कक्ष स्थापनाका लागि पूर्वाधार निर्माणमा आवश्यक पर्ने सहयोग र सहुलियतमा उद्योग मन्त्रालयको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
देशमा लघु, घरेलु तथा साना र महिलाले सञ्चालन गरेका उद्योगले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यस्ता उद्योगलाई प्रवद्र्धन गर्न आगामी बजेटमा लक्षित कार्यक्रम ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सम्भावनायुक्त लघु, घरेलु तथा साना उद्योगलाई निश्चित समयका लागि सबै खाले करबाट मुक्त गरी स्वदेशी उत्पादनको अभिवृद्धि गर्न त्यस्ता उद्योगलाई पूँजी, प्रविधि र पहुँचका लागि विशेष कार्यक्रम अगाडि सारिने छ ।’
नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लघु, घरेलु तथा साना र महिला उद्यमीद्वारा उत्पादित औद्योगिक उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धनका लागि हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीलाई राज्यका तर्फबाट गर्नुपर्ने सहयोगमा कमी नहुने मन्त्री भण्डारीको भनाइ छ ।
स्वदेशी वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि महासङ्घले पहल गर्दै आएको बिक्री कक्ष स्थापना, स्वदेशी वस्तु बिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगजस्ता अभियान सकारात्मक रहेको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमा सरकारको सहयोग रहनेमा जोड दिनुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो– ‘स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धिका लागि सरकारद्वारा सञ्चालित प्रधानमन्त्री स्वदेशी वस्तु उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमलगायत उद्योग प्रवद्र्धनका विभिन्न कार्यक्रम र सोसँग विभिन्न कोषको द्रुततर कार्यान्वयनका लागि पहल गरिनेछ ।’
महिला, युवा र कृषि उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको अवस्थालाई अझै प्रभावकारी बनाइने उल्लेख गर्दै उहाँले महिला तथा जनजातिलाई आर्थिक एवं औद्योगिक क्षेत्रमा समाहित गराउन कर छुटसहित विशेष प्याकेज कार्यक्रमको व्यवस्था आगामी बजेटमा गरिने बताउनुभयो । साथै उहाँले कृषिलाई व्यावसायिक र औद्योगिकीकरण गरी देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा सरकारले विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै