
नवलपरासी । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ ।
उद्योग वाणिज्य सङ्घ नवलपरासी -बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा आज गैँडाकोटमा आयोजित कार्यक्रममा उहाँले प्रतिबद्धताअनुसार काम भइरहेको बताउनुभयो । “मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन् । बाँकी प्रतिबद्धता पूरा गर्न म कटिवद्ध भएर लाग्ने छु”, उहाँले भन्नुभयो ।
नारायणी नदी तटबन्धसहितको हरित सडक, बीपी अन्तर्राष्ट्रिय रङ्गशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको उहाँको भनाइ थियो ।
डा कोइरालाले देशको समृद्धिका लागि सबैभन्दा बढी सम्भावनाको क्षेत्र कृषिमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । “नेपालको समृद्धिका लागि प्रचुर सम्भावनाका रुपमा रहेको कृषि क्षेत्रमा बजेट घट्दै गएको छ । अहिले कूल बजेटको पाँच प्रतिशतका हाराहारीमा यस क्षेत्रको बजेट खुम्चिएको छ । अब कृषि क्षेत्रबाट परिवर्तन ल्याउन सोच परिवर्तन गरेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पालामा नवलपुरलाई आर्थिक राजधानी बनाउनेगरी कामको सुरुआत गरेको भए पनि त्यसले निरन्तरता पाउन नसकेको बताउनुभयो । उहाँले आफ्नो पालामा नवलपुरको देवचुलीमा औद्योगिक क्षेत्र बनाउने भनेर काम अघि बढाएको भए पनि अहिले सो योजना अलपत्र अवस्थामा पुगेको भन्दै दुःख व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई लगानीतर्फ आकर्षित गरी सम्भावनाका क्षेत्रमा योजनाबद्ध विकास गरिनुपर्ने उहाँको भनाइ थियो ।
साधारणसभा उद्घाटनका क्रममा उद्योगी व्यवसायीले युवाहरू विदेश जाने क्रम बढ्दा नेपालको सम्भावनाका ढोका खुल्न नसकेका बताएका थिए । नेपालको शिक्षा पद्धतिका कारण युवा विदेशिने क्रम बढेको भन्दै उहाँहरूले त्यसलाई रोक्नतर्फ सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । सरकारले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सकेको अवस्थामा देशमा उद्यमशीलता वृद्धि हुने उद्योगीहरूको भनाइ थियो ।
कार्यक्रममा जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अध्यक्ष एवम् प्रदेश उद्योग वाणिज्य सङ्घ गण्डकीका अध्यक्ष अमृत भट्टचनले देशकै केन्द्र भागमा रहेको गैँडाकोटको विकासका लागि सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले निजी जग्गाको उच्च मूल्यवृद्धि हुँदा समस्या भइरहेकाले सरकारी जग्गालाई सहुलियत दरमा भाडामा लिने व्यवस्था गरे स्वदेशी र विदेशी लगानी बढ्नसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । ठूलो धनराशि खर्च गरेर सरकारले निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा देशको अर्थतन्त्र चलायमान हुन नसकेकाले सरकारलाई यसतर्फ ध्यान दिनु आग्रह गर्नुभयो ।
सङ्घको पाँचौँ साधारणसभा, तेस्रो अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्नेगरी काम भइरहेको सङ्घका महासचिव छवि कँडेलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री