
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले ३ दिनमा डेढ करोड रुपैयाँ भन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ ।
धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीन दिनमा एक करोड ५८ लाख ६५ हजार रुपैयाँ भन्दा बढीका सामानसहित गाडी र चालकलाई नियन्त्रणमा लिइएका जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतको इकाइबाट खटेको प्रहरी टोलीले गत वैशाख २९ गते बिहान बिलविजकभन्दा २३ लाख ४५ हजार सय ४० रुपैयँँ बढीका सामानसहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
वैशाख ३० गते राति ३४ लाख ९१ हजार २ सय रुपैयाँ बराबरको २१ क्वीन्टल प्याजसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको तिवारीले बताउनुभयो ।
वैशाख ३१ गते दिउँसो ८९ लाख ४६ हजार ९ सय रुपैयँँ बराबरको ६ सय कार्टुन मदिरासहितको ट्रक ढल्केवर नियन्त्रणमा लिएको र त्यही दिन गणेशमान चारनाथ नगरपालिका(८ बाट १० लाख ८१ हजार ३ सय ३२ रुपैयाँ बराबरको सामानसहित मोटरसाईकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको सामान तथा गाडी थप अनुसन्धानका लागि सम्बन्धित निकाय आन्तरिक राजश्व कार्यालय जनकपुर, जनकपुर भन्सार कार्यालय, र राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएका छन्।
प्रहरी उपरीक्षक तिवारीले भन्सार छलेर ल्याइएका सामानको ओसारपसार रोक्न वैशाख अन्तिम सातादेखि अभियानकै निगरानी बढाइएको र यसबाट राजश्व चुहावट न्यूनीकरणमा सघाउ पुग्ने अपेक्षा रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह