
कञ्चनपुर । प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुव्र्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेश लगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आठ महिला समेत छन् ।
पक्राउ परेका सबैलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । प्रहरीले फागुनमा लागूऔषध मुद्दामा ३०, चैतमा २४ र वैशाखमा २३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट प्रहरीले ६ सय ८० ग्राम चरेस र ९३ ग्राम खैरोहिरोइन समेत बरामद गरेको छ ।
‘कञ्चनपुर कारागारमा ३५ प्रतिशतभन्दा कैदीबन्दी लागूऔषध मुद्दाका छन्’ प्रहरी उपरीक्षक जोशीले भन्नुभयो । प्रहरीले विभिन्न मुद्दामा अदालत र प्रशासनबाट कैद÷जरिवाना भएर फरार रहेका एक सय १३ अभियुक्तलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । प्रहरीले फागुनमा ४३, चैतमा २९ र वैशाखमा ४१ फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
कञ्चनपुर प्रहरीले तीन महिनायता नेपाल–भारत सीमानाकाबाट ४९ जनाको उद्धार गरेको छ । हराएका ९७ जनामध्ये ६२ जना फेला परेका प्रहरी उपरीक्षक जोशीले बताउनुभयषे । ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत बाल विवाह न्युनीकरण, लागूऔषध दुव्र्यसन, आत्महत्या न्युनीकरणलगायतका कार्यक्रम जारी छन्’ उहाँले भन्नुभयो ।
कञ्चनपुर प्रहरीले तीन महिनाको अवधीमा भारतबाट भन्सार छली गरी नेपाल ल्याएको एक करोड ५९ लाख मूल्य रुपैयँँको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’