
कालिकोट । कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको अभाव कम गर्नका लागि १० किलोमिटर टाढाबाट खानेपानी ल्याइएको छ ।
सदरमुकामवासीलाई खानेपानीको पहुँचमा पुर्याउन नगरपालिकाकै अग्लो चुली पहाडको पानी सदुरमुकाम मान्म बजारमा ल्याइएको हो ।
विसं २०७८ बाट निर्माण सुरू गरिएको चुलीमालिका बृहत् खानेपानी आयोजनाको पानी सदरमुकाम मान्ममा झारिएको निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सन प्रालिका मानबहादुर थापाले बताउनुभयो । र । खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु २८ करोडमा बोलपत्र आह्वान गरेकामा रु १३ करोड ७१ लाख २९ हजारमा आयोजना निर्माण गरिएको उहाँले बताउनुभयो । “आयोजनाको मुख्य पाइप लाइनको लम्बाइ साढे १० किलोमिटर रहेको छ”, उहाँले भन्नुभयो, “खानेपानीको चरम अभाव रहेको सदरमुकाम मान्म बजारमा पानी पुगे पनि घरघरमा पुर्याउन अझै केही समय लाग्नेछ ।”
चुलीमालिका बृहत खानेपानी आयोजना निर्माण भएमा खाँडाचक्र नगरपालिका–१ बाट चारसम्मका एक हजार तीन सय घरमा ‘एक घर एक घारा’को लक्ष्य राखेको नगरपालिकाका पूर्वप्रमुख जसीप्रसाद पाण्डेले बताउनुभयो ।
सदरमुकाम मान्म बजारमा एक लाख २५ हजार लिटरका दुईवटा, ५० हजार लिटरका दुई, ४० हजार लिटरको एक र २५ हजार लिटरको एक गरी जम्मा छवटा ट्याङ्की रहेका र ती सबैमा पानी झारिने प्रालिका साइट सुपरभाइजर थापाले बताउनुभयो ।
जहिले पनि खानेपानीको अभाव रहने मान्ममा चुलीमालिका बृहत् खानेपानी आयोजना नियमित रूपमा सञ्चालन भए यहाँका नागरिकलाई धेरै राहत हुने विश्वास लिइएको खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताउनुभयो । “अब सदरमुकाममा खानेपानीको अभाव झेल्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “केही समय लाग्ला सबैले खानेपानीको सुबिधा पाउनु हुनेछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै