
चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले राष्ट्रियसभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताउनुभएको छ ।
बुइच्छाकामना–४ कुरिनटारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बुधबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा दाहालले भन्नुभयो– तपाईंहरुकै कारण आज म राष्ट्रियसभा अध्यक्ष भएको छुँ, तपाईंहरुले गरेको विश्वासलाई आत्मसात् गरेर पदीय दायित्व र मर्यादालाई ध्यानमा राख्दै राष्ट्रियसभाको गरिमालाई उँचो पार्ने काम गर्नेछु ।’
अध्यक्ष दाहालले इच्छाकामनाको भूगोलप्रति आफू परिचित रहेको र यहाँको विकास निर्माणमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले २०६४ सालमा इच्छाकामनाका माथिल्लो भेगमा मोटरबाटो नभएकामा आफू निर्वाचित भइसकेपछि सडक निर्माण लगायत विकासका कामको शुरुवात गरेको बताउनुभयो ।
उहाँले चुनावमा गर्नुभएको वाचाअनुसार दोस्रो पटकको निर्वाचनमा गाडी चढेर मतदाता कहाँ पुगेको स्मरण गर्नुभयो । ‘२०६४ निर्वाचनमा माथिल्लो भेगमा कतै पनि सडक सञ्जाल पुगेको थिएन मैले निर्वाचनमा अर्को पटक भोट माग्न आउँदा गाडी चढेर आउँछु भनेको थिएँ’ उहाँले भन्नुभयो– ‘दोस्रो पटक निर्वाचनमा भोट माग्न जाँदा गाडी चढेर गएँ । साबिक चार गाविसमध्ये चण्डी भञ्ज्याङ बाहेक अन्य स्थानमा मोटरबाटो पुर्याउन सफल भएँ ।’
अध्यक्ष दाहाललाई माओवादी केन्द्र, इच्छाकामना गाउँ कमिटीले सम्मान गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता