+

४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै

काठमाडौँ । चार करोड २५ लाख रुपैयाँ नगद र ९ किलो सुनसहित पक्राउ परेका काठमाडौँ गँगबुका विनोदकुमार श्रेष्ठलाई राजश्व अनुसन्धान विभागमा पठाइने भएको छ ।


श्रेष्ठलाई बरामद रकम र सुनसहित  राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिनुभएको छ ।  श्रेष्ठको कसुर विभागले हेर्ने प्रकृतिको रहेकाले त्यहाँ पठाउन लागिएको एसएसपी अधिकारीको भनाई छ । 

प्रहरीले मंगलबार श्रेष्ठको घरमा छापा मारेर उल्लेखित रकम र सुनसहित उनलाई पक्राउ गरेको हो । श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गरेको पाइएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै