
काठमाडौँ । निजामती विधेयकको गाँठो झन् बल्झिएको छ । विधेयकको छलफल चलिरहेको बेलामा संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने समिति बैठकबाट बाहिरिएपछि गाँठो झन् बल्झिएको हो ।
अनिवार्य अवकाशबारे सत्तारुढ र प्रतिपक्षी दलहरू दुईतर्फ लागेपछि यो विषय पेचिलो बनेको छ । सोमबार छलफल चलिरहँदा मन्त्री न्यौपानेले समय मागेको सभापति तुलसीकुमारी दाहालले बताउनु भएको छ। ‘मन्त्रीले समय माग्नुभयो र मैले नाइँ भन्न सकिनँ,’ सभापति दाहालले भनिन्, ‘कि मन्त्रालयले आफ्नो कुरा छोड्नुपर्यो कि माननीयहरुले सरकारको प्रस्ताव मान्नुपर्यो ।’
समय मागेर संघीय मामिलामन्त्री भगवती न्यौपाने बाहिरिएपछि पनि सांसदहरू भने बैठकमै छन् । उनीहरूले आजै निर्णय गरेर अघि बढ्नुपर्ने बताइरहेका छन् । निजामती कर्मचारीको अवकाश उमेरहद लागू गर्ने विषयमा कुरा मिलेको छैन ।
सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले निजामती सेवा विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्राबधान लागू गर्ने सरकारको नयाँ प्रस्तावमा समर्थन जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह