+

एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ । 


एमालेको विधान महाधिवेशन ललितपुरको  गोदावरीस्थित सनराइज हलमा शुक्रबारदेखि भइरहेको छ । 

महाधिवेशनको दोस्रो दिन  शुक्रबार पेश हुन बाँकी रहेका प्रतिवेदन प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल  गरिने ब एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ । 

गौतमका अनुसार आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नु हुने भएको छ । 

महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन  प्रस्तुत गर्नुभएको थियो ।  पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

आजै प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल हुने गौतम दिनुभएको छ ।  ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित हिजोदेखि एमालेको दोस्रो विधान महाधिवेशन शुरु भएको हो ।

महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जना सहभागी छन् । महाधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै