+

एएफसी यू–२३ एशियन कप छनोटमा नेपाल आज ताजकिस्तानसँग भिड्दै

काठमाडौँ । एएफसी यू–२३ एशियन कप छनोट प्रतियोगितामा नेपाल आज  घरेलु टोली ताजकिस्तानसँग भिड्दैछ । 


ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा आयोजना गरिएको खेल नेपाली समयअनुसार आज राति ८ः१५ बजे हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘के’ मा परेको छ । नेपालको समूहमा ताजिकिस्तानसँगै फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल भदौ २१ गते सिरियासँग खेल्नेछ भने तेस्रो खेल भदौ २४ गते फिलिपिन्सँग खेल्नेछ । आजै हुने पहिलो खेलमा भने सिरिया र फिलिपिन्सबीच प्रतिस्पर्धा हुनेछ ।

सिङ्गल राउन्ड रोविन पद्धतिको आधारमा हुने प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने एशियन कपमा स्थान बनाउनेछ । कूल ११ समूहबाट चार उत्कृष्ट उपविजेता टोलीले पनि साउदी अरेबियाका लागि छनोट हुने प्रावधान रहेको छ ।

नेपाली टोलीको गोलकिपरमा कृशल मोक्तान, अमित टमाटा र विशाल केसी छन् । डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शङ्कर थारु र सेमान्ता थापा छन् ।

त्यसैगरी मिडपिल्डरमा अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ छन् । फरवार्डमा रोहन खड्गी र निराजन धामी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै