
कञ्चनपुर । सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको हो ।
जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती पालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । समितिले कञ्चनपुरको पुनर्वास, बेलौरी, बेलडाँडी, दोधाराचाँदनी र भीमदत्त नगरपालिका १, २ र १० को सीमावर्ती क्षेत्रबाट पन्छी तथा पन्छीजन्य सामग्रीको आयात र ओसारपसारलाई पूर्ण रूपमा निषेध गरेको छ।
सीमावर्ती क्षेत्रमा सङ्क्रमण देखिएकाले नेपालमा फैलिन नदिने उद्देश्यले सचेतना अभियान सञ्चालन गर्नुका साथै सतर्कता अपनाइएको जिल्लास्थित भेटेरिनरी अस्पतालले जनाएको छ । भेटेरिनरी अस्पतालका अनुसार भारतसँग सीमा जोडिएका दोधराचाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिमा बर्डफ्लु नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ ।
आफूले पालेका कुखुरामा यस्ता लक्षण देखिएमा तत्काल पशु विज्ञ वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा जानकारी गराउन सबै किसानलाई आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने