+

बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै

काठमाडौँ । विभिन्न बैंकमा अत्याधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा पैसा अत्याधिक भएपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) खिच्दैछ । 


 केन्द्रीय बैंकले २५ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल मार्फत पैसा खिच्न लागेको  हो ।

राष्ट्र बैंले बुधबार खिच्ने पैसाको साँवा तथा ब्याज असोज १२ गते दिने भएको छ । बोलकबोल गर्ने घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म गर्ने सकिने राष्ट्र बैंकले जनाएको छ । 

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै