
काठमाडौँ । शिक्षा विधेयकविरुद्ध आन्दोलनरत निजी विद्यालयहरूले भदौ २४ र २५ गते काठमाडौं ठप्प पार्ने भएका छन् ।
निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले भदौ २४ र २५ गते पठनपाठन रोक्दै काठमाडौं ठप्प पार्दै आन्दोलन गर्न लागिएको जानकारी दिनुभएको छ । ‘भदौ २४ र २५ गते काठमाडौं ठप्प पार्ने गरी आन्दोलन गर्दै छौँ’ उहाँले भन्नुभयो– ‘अहिलेसम्म विद्यार्थीहरूको पढाइमा कुनै बाधा आएको छैन । २४ र २५ गते बन्द गर्नुपर्ने हुन सक्छ ।’
यसअघि, आन्दोलनका कार्यक्रम घोषणा गर्दै निजी विद्यालयका विभिन्न छाता संगठन (प्याब्सन, नेसनल प्याब्सन, हिसान, एपेन र एनएमए) ले भदौ १८ गते ९आज०देखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए । तर, उनीहरूले अन्तिममा आएर विद्यालय बन्दको निर्णय फिर्ता लिएका थिए ।
निजी विद्यालयहरूले पाँचबुँदे माग राखेका छन् । विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने माग उनीहरूको छ ।
यस्तै, उनीहरूले कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाइनुपर्ने माग राखेका छन् ।
निजी विद्यालयका छाता संगठनहरूले भोलि (भदौ १९ गतै) देखि चरणबद्ध आन्दोलन थाल्नेगरी कार्यक्रम घोषणा गरिसकेका छन् । जसअनुसार, बिहीबार बिहान ११ बजे देशभरका सबै जिल्ला सदरमुकाममा आन्दोलनरत संस्थाका सदस्य विद्यालयको अनिवार्य उपस्थितिमा बृहत् खबरदारी सभा आयोजना गर्ने कार्यक्रम छ ।
तिलगंगास्थित होटल वेस्टर्न प्लसमा दिउँसो २ बजे निर्णायक आन्दोलन तयारी सम्बन्धी प्रशिक्षण कार्यक्रम रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने