+

नेप्से घटे पनि कारोबारमा सुधार

काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकममा भने सुधार आएको छ ।


नेप्से परिसूचक बुधबार १५ दशमलव ६४ अंकले घटेर २ हजार ७ सय २६ दशमलव ३३ विन्दुमा अडिएको छ। बुधबार ३ सय २६  कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा किनबेच भएको छ ।

कारोबार भएका विभिन्न कम्पनी मध्ये म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । बुधबार २ सय १३ कम्पनीको शेयर घटेकोमा ३९ वटाको बढेको छ ।  

लिबर्टी इनर्जी कम्पनीको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन  हिम स्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै