
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश अध्यक्षमा मीनप्रसाद गिरी चयन हुनुभएको छ ।
प्रदेश समितिको प्रथम अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लुना रिजाल र जनक विश्वकर्मा सचिव ओमबहादुर पुन उपसचिव सन्सृत अर्याल छानिनुभएको छ ।
पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आथिथ्यतामा सम्पन्न भएको अधिवेशनमा केन्द्रीय सचिव सोमप्रसाद पाण्डे, पोलिट्ब्यूरो सदस्य विजय गुरुङ, संघीय सम्पर्क समिति इन्चार्ज, पोलिट्ब्युरो सदस्य लक्ष्मण के।सी,सह–इन्चार्ज, केन्द्रीय सदस्य बिरबल काजी राई, सङ्घीय सम्पर्क कमिटीका अध्यक्ष तारानाथ दाहाल, केन्द्रीय सदस्यहरु कल्पना माण्डव्य, नवराज तिमिल्सिना, प्रमेश पोखरेल, संघीय सम्पर्क कमिटीका पदाधिकारी सहितका नेताहरुको उपस्थिति थियो ।
अधिवेशनले क्रान्तिकारी चेतनाको पुनर्जागरण गर्दै श्रमिक र किसान वर्गको ऐतिहासिक अधिकारलाई संस्थागत गर्ने, समाजवादको जगलाई दृढ, सबल र अटल बनाउने, लुम्बिनीलाई संगठनात्मक र राजनीतिक दृष्टिले राष्ट्रिय नमूना प्रदेशका रूपमा स्थापित गर्ने, यस ऐतिहासिक अवसरले पार्टी र आन्दोलनलाई नयाँ दिशातर्फ डोर्याएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने