
काठमाडौँ । नेपाल पर्यटन बोर्डको सक्रियतामा थाइल्यान्डमा नेपाल प्रवर्द्धन गरिएको छ ।
पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले नेपाल एयरलाइन्स र १४ निजी पर्यटन तथा आतिथ्य कम्पनीसँगको सहकार्यमा थाइल्यान्डमा यस्तो प्रवर्द्धन गरेको हो ।
अगस्ट २६ देखि २८ सम्म थाइल्यान्डको राजधानी बैंककस्थित क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टरमा सम्पन्न पाटाको प्रमुख अन्तर्राष्ट्रिय ‘बीटुबी ट्राभल ट्रेड इभेन्ट–पाटा ट्राभल मार्ट २०२५’ मा ‘नेपाल पभेलियन’ मार्फत विशेष आकर्षण, पर्यटन प्रवर्द्धन र उल्लेखनीय ब्रान्ड पहिचान स्थापित गरेको बोर्डले जनाएको छ ।
मार्टमा ५० बढी गन्तव्यबाट आएका १ हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका हुन् । ३० गन्तव्यका २ सय २५ संस्थाबाट ४ सयभन्दा बढी विक्रेताले सहभागिता जनाएका छन् । जसमध्ये ५२ प्रतिशत विक्रेता पहिलो पटक सहभागी भएका छन् ।
त्यस्तै ४१ प्रमुख स्रोत बजारका २ सय १८ संस्थाबाट २ सय २५ क्रेता उपस्थित भएका थिए । त्यसमा ६५ प्रतिशतले पहिलो पटक सहभागिता जनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने