+

काभ्रे मालपोतमा अख्तियारको छापा, खरिदार २ लाख घुससहित पक्राउ

काभ्रेपलाञ्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेलमा छापा मार्दा खरिदार घुससहित पक्राउ परेका छन् । 

अख्तियार टोलीले कार्यालयमा छापा मार्दा  खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । 

भण्डारीलाई  घुस लिइसकेको अवस्थामा कार्यलय परिसरबाटै मोबाइल डिभाइससहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता एवम सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभएको छ ।

भण्डारीले फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्न सेवाग्राहीसँग घुस मागेको पाइएको अख्तियारले जनाएको छ । 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै