+

चीनलाई स्वतन्त्र बनाउन अमेरिकी योगदान सम्झन ट्रम्पको आग्रह

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई स्वतन्त्र बनाउन अमेरिकी योगदान सम्झन ट्रम्पले आग्रह गरेका छन् । राष्ट्रपति  ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङलाई दोस्रो विश्वयुद्धताकाको समय सम्झाएका हुन् । 


चीनले भिक्ट्री डेका अवसरमा शक्ति प्रदर्शन गरेकै दिन उनले चीनलाई स्वतन्त्रता दिलाउन अमेरिकाले गरेको सहयोग र बलिदानलाई सम्झन आग्रह गरेका हुन्। ‘चीनको विजय र गौरवको यात्रामा धेरै अमेरिकीहरूले ज्यान गुमाए। आशा छ, उनीहरूको वीरता र बलिदानलाई उचित सम्मान र सम्झना गरिरहनेछु, भनेका छन् ।

उनले राष्ट्रपति सी र चीनका जनतालाई यो उत्सवको दिनको शुभकामना दिँदै अमेरिकी सैनिकहरूको योगदानलाई स्मरण गर्न अपील गरेका छन् । सन्देशमा उनले रसियन राष्ट्रपति भ्लादिमिर पुटिन र किम जोङ उनलाई पनि शुभकामना पठाएका छन्।  ट्रम्पले व्यङ्ग्यात्मक शैलीमा चीन, रसिया र उत्तर कोरियालाई संयुक्त राज्य अमेरिका विरुद्ध षड्यन्त्र गरिरहेको उल्लेख गरेका छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै