+

एमाले विधान महाधिवेशनको तयारी पूरा

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी पूरा भएको छ । एमालेले बुधबार पत्रकार सम्मेलन गरी महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म हुँदैछ । एमाले महासचिव शंकर पोखरेलले विधान महाधिवेशनमा  प्रतिनिधि र पर्यवेक्षकसहित २ हजार ३ सय ४९ सहभागी हुने जानकारी गराउनुभएको छ । 

एमालेले १० औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिलाई नै  विधान महाधिवेशनको प्रतिनिधि बनाएको छ । त्यस अनुसार २ हजार ३३ प्रतिनिधि सहभागी हुनेछन् । १०औँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरू समेत आयोजकका हैसियतमा मात्रै सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै