+

आईजीपी दीपक थापा र दुई एआईजीको हेडक्वार्टरबाट बिदाई

काठमाडौँ। आजदेखि अनिवार्य अवकासमा जान लागेका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र अतिरिक्त महानिरीक्षकहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई बिदाई गरिएको छ।


विदाइ कार्यक्रमपछि तीनैजनालाई प्रहरी प्रधान कार्यालयबाट निवाससम्म स्कर्टिङसहित पुर्‍याउने तयारी छ । उनीहरूलाई भावि प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले विदाइ गर्ने कार्यक्रम रहेको छ ।

अघिल्लो साता नै खापुङलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ। हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख रहेका खापुङले बिहीबारदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन्।

अवकासमा जाने थापाले आईजीपी गएको चैत ५ गतेदेखि प्रहरीको नेतृत्व गरेका थिए। नेतृत्व सम्हालेको करिब साढे पाँच महिनामै उनी विदा भएका हुन् । दुई एआईजी र थापा ३० वर्षे सेवा अवधिका कारण अवकास हुन परेको हो। उनीहरू तीनै जना २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका थिए।

गिरी राष्ट्रिय प्रहरी प्रपशिक्षण प्रतिष्ठानमा र तामाङ काठमाडौँ उपत्यका प्रही कार्यालय रानीपोखरीको प्रमुख छन्। उनीहरू अवकास भएसँगै बिहीबारदेखि सीआईबीसहित यी कार्यालय पनि प्रमुखबिहिन हुँदैछन्। यससँगै चार जना एआईजीको दरबन्दी पनि रिक्त हुँदैछ।

आजै उनीहरूलाई गृहमन्त्रालयबाट गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले पनि बिदाइ गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै