
पर्वत । फलेवास नगरपालिका वडा नम्बर १० कुर्घामा एक सय मिटर लामो नयाँ गुफा फेला परेको छ ।
कुर्घाको समथर फाँटमा भेटिएको गुफाभित्र पत्थरबाट बनेका नागदेवताका विभिन्न आकृति, गाई, गाईका थुन र अन्य देवीदेवताका आकर्षक मूर्ति भेटिएका छन् । गुफाका हरेक भागका पत्थरमा नागका मूर्ति प्रशस्त मात्रामा भेटिएकाले स्थानीयले यसको ‘नागगुफा’ नाम राखेका छन् । यहाँभित्र विभिन्न धातुबाट बनेका मूर्ति पनि भेटिएका छन् ।
आजभन्दा २५–३० वर्षअघि नै गुफा भेटिएको भए पनि स्थानीयले खासै चासो दिएका थिएनन् । सामान्य प्वालजस्तो ठानेर स्थानीयवासीले बेवास्ता गरेको भए पनि पछिल्लो समय स्थानीयले खोजी गर्दा विशाल गुफा भेटिएको स्थानीय अगुवा भवानीप्रसाद शर्माले बताउनुभयो ।
गुफा भेटिएसँगै स्थानीय यसको प्रचारप्रसार र प्रवर्द्धनमा जुटेका छन् । यसको उचित ढङ्गले प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका आकर्षणको केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “गुफाभित्र विभिन्न देवीदेवताका आकृतिमात्र नभई धातुबाट बनेका मूर्ति भेटिएकाले यसले पौराणिक र ऐतिहासिक महत्व बोकेको हुनसक्ने भन्दै अनुसन्धान गरिने बताउनुभयो ।
उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्ने भएकाले पनि यसले जिल्लाकै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने स्थानीय मेघराज लम्सालले बताउनुभयो । यो गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके कालीगण्डकी करिडोर हुँदै भारत र चीनको स्वशासित क्षेत्र तिब्बत आवतजावत गर्ने पर्यटकका निम्ति आकर्षक गन्तव्य बन्ने उहाँको भनाइ छ ।
स्थानीयवासीले आगामी नागपञ्चमीमा विशेष पूजाआजा गरी यसको प्रचारप्रसार तथा भौतिक पूर्वाधार निर्माणमा अघि बढ्ने योजना बनाएका छन् । पूर्वाधार निर्माण गर्न समिति बनाएर तीनवटै तहका सरकारसँग योजना माग गरिने लम्सालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै