+

ऐन महरविरूद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ । महरविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले  साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।


एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुरमा मुद्दा दर्ता भएको हो ।

यसअघि सरकारी वकिल कार्यालयले महरलाई गत भदौ ११ मा हाजिरी जमानीमा छाडिएको थियो । अब प्रतिवादी महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट