
काठमाडौँ । सरकारले किसानलाई वितरण गर्न पठाएको अनुदानको २ सय बोरा मल गोदाममा लुकाएर राख्ने व्यापारी पक्राउ परेका छन् ।
अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी पक्राउ परेका हुन् । चौधरीलाई पक्राउ गरेर मंगलबार जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी कमल बजगाईँले जानकारी दिनुभएको छ ।
जिल्ला प्रशासनको बजार अनुगमन टोलीले भदौ १२ गते मा अनुगनमन गर्दा चौधरीले सञ्चालन गरेको गोदाममा अनुदानको मल फेला परेको हो । अनुदानको मल अवैध तरिकाले लुकाएर राखेको पाइएपछि शिलबन्दी गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
चौधरीको गोदामबाट जफत गरिएको मल सर्वदलीय छलफलपछि अहिले किसानलाई वितरण गर्ने काम अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने