
काठमाडौँ । मुलुकको केही ठाउँमा अझै ३ दिन पानी पर्ने भएको छ ।
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ । मौसमविद् गोविन्द झाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
“कोशी प्रदेशका केही स्थानमा, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ, बागमती प्रदेशको एक–दुई स्थानमा पनि सामान्य वर्षाको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने