
भक्तपुर । भक्तपुरमा औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव गरिने भएको छ । नव वर्ष २०८१ को अवसरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०८०र८१’ आयोजना गर्न लागिएको हो ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव चैत २२ गतेदेखि आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ । औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज ब्याण्डले संयुक्तरुपमा महोत्सवको आयोजना गरेको आयोजक संस्था औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताउनुभयो । महोत्सव भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सवमा दुई सयभन्दा बढी स्टल रहने आयोजक संस्थाका अध्यक्ष महतले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, अटोमोबाइल, खानाका परिकार, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स लगायतका स्टल रहनेछन् ।
औद्योगिक प्रदर्शनीमा विज्ञान प्रविधिको प्रदर्शनी, प्रविधिसम्बन्धी गतिविधि, कृषि तथा हस्तकलाका सामग्री, अटोमोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार लगायतको प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार मेलामा बिक्री गरिने सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा विद्यार्थी र ज्येष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने