राजनीति

‘संविधानको परिकल्पना र प्रेस स्वतन्त्रताको अभ्यासलाई कसैले सीमित गर्न सक्दैन’

काठमाडौँ ।  नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले संविधानको परिकल्पना र प्रेस स्वतन्त्रताको अभ्यासको दायरालाई कसैले पनि सीमित गर्न नसक्ने बताउनुभएको छ ।उहाँले संविधानको भावना र चलिआएको अभ्यास नकार्दै प्रेस स्वतन्त्रतालाई खुम्च्याउन नमिल्ने जिकिर गर्नुभयो ।