
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशा निर्देश गरेकाले अहिले जनताको विश्वास जित्दै आइरहेको बताउनुभएको छ ।
पार्टीनिकट अखिल नेपाल महिला सङ्घद्वारा पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा उहाँले समाज परिवर्तनका लागि विगतमा कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्न सही नीति, सिद्धान्त, कार्यक्रमको अवलम्बन गरेको प्रस्ट पार्नुभयो । उहाँले समाजका आधारभूत आवश्यकता सम्बोधन गर्न चुनावका लागि चुनाव नभई जनतादेखि जनतासम्मको कार्यक्रम सञ्चालन गरी साङ्गठनिक सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको व्यापक जनसमर्थन र लोकप्रियता रहेको समयमा भएको टुटफुटले जनतामा निराशा र आक्रोश बढेको बताउनुभयो । देश र जनताको हितलाई सर्वोपरि राखेर कम्युनिष्ट एकताका प्रयास भएको बताउनुभयो । उहाँले त्यसका लागि बलियो आधार तयार हुन नसकेको उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले वामपन्थी शक्तिबीच एकतालाई कायम गर्न आफ्नो पार्टीले जस्तो पनि त्याग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्रको माध्यमबाट सबै नागरिकलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकारलाई सुरक्षित गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा