राजनीति

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एशिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । अर्थमन्त्री वर्षमान पुनको सचिवालयले दिएको जानकारीअनुसार उहाँहरु वैशाख १७ गते काठमाडौँ आइपुग्नु हुनेछ ।