
ललितपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई साकार तुल्याउने अभियानमा साथ दिन सबैसँग अनुरोध गर्नुभएको छ ।
एमालेद्वारा सोमबार आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक महोत्सव समारोहमा उहाँले नेपाल र नेपालीको पक्षमा ल्याइएको सङ्कल्पलाई परिणाममुखी बनाउन मुलुकका जिम्मेवारी सबै पक्षको साथ–सहयोग आवश्यक हुने बताउनुभयो ।
देशका पूर्वप्रधानमन्त्री एवं प्रमुख राजनीतिक पार्टीका नेताहरूको सहभागिता रहेको हीरक महोत्सव समारोहमा अध्यक्ष ओलीले राष्ट्रिय एकता, लोकतन्त्र, समुन्नत नेपालको पक्षमा सिङ्गो देश एक हुनुपर्नेमा धारणा व्यक्त गर्नुभयो । उहाँले मुलुकमा लोकतन्त्र ल्याउन एमालेको नेतृत्वदायी भूमिका रहेको स्मरण गर्दै जेलनेलसहित ठूलो त्याग र सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई अझ सुदृढ, संस्थागत र जनमुखी बनाउन एमाले प्रतिवद्ध छ भन्नुभयो । उहाँले नेपालमा राणा शासनको अन्त्य, पञ्चायती व्यवस्थाको अन्त्यसहित बहुदलीय प्रजातन्त्रको स्थापना र राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापनाका क्रममा भएका आन्दोलनमा नेकपा एमालेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
आफ्नो स्थापना कालदेखि सदैव नेपाल र नेपाली जनताको पक्षमा निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीको ७५ वर्षको इतिहास गौरव गर्न लायक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले अबको कम्युनिष्ट आन्दोलन समृद्ध नेपालसहित सुखी नेपालीको सङ्कल्पसहित समाजवादको दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
देशका प्रमुख वामपन्थी शक्तिबीचको एकता र धुव्रीकरण देश र जनताका पक्षमा हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले हतार नगरी यसअघिको अनुभवलाई दृष्टिगत गरी सहकार्य र विश्वासका आधारमा कम्युनिष्ट घटकबीच एकता हुँदा राम्रो हुने बताउनुभयो ।
अध्यक्ष ओलीले राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनता, विकास निर्माण, सुशासन, भूमिहीन सुकुम्वासी समास्या समाधान, भ्रष्टाचार अन्त्यसहित समुन्नत नेपालका पक्षमा नयाँ राजनीतिक समीकरणको सरकार गठन भएको स्प्ष्ट गर्नुभयो ।
हीरक समारोहमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव लगायतका नेतागणको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै