
काठमाडौँ । राजनीतिमा सत्ता गठबन्धन टिकाउन र ढाल्न निर्णायक बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पछिल्लो समय महाधिवेशनमा केन्द्रित भएको छ ।
नेकपा एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादीको १० औँ महाधिवेशन २ पटक सारेर असार १६ देखि २० गतेसम्म लागि तय गरिएको छ । एकीकृत समाजवादी महाधिवेशन लोकतान्त्रिक पदद्धिबाट सफल पार्न अहिले संगठन निमार्णसँगै पार्टी सदस्यता नविकरण लगायतका कार्यमा जुटिरहेको छ । महाधिवेशनबारे छलफल गर्न एकीकृत समाजवादीले वैशाख २६ गते स्थायी समिति बैठक बोलाएको छ ।
महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक बोलाइएको पार्टी मुख्यालयका सचिव पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिनुभएको छ । पार्टी सचिव श्रेष्ठका अनुसार बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल हुनेछ ।
स्थायी समिति बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेश गरिनेछ । महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका सङ्गठित सदस्यका साथै नयाँ सदस्यता अनुमोदन लगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने नेता श्रेष्ठले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु