
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्नेगरी सरकार अगाडि बढिरहेको बताउनुभएको छ ।
प्रदेशसभाको आजको बैठकमा उहाँले विगतमा जस्तो अब असारमा योजना कार्यान्वन गर्ने पक्षमा आफू नरहेको बताउनुभयो । ‘जेठ मसान्तभित्र सबै कामहरु गरिसक्ने गरी सरकार अगाडि बढिरहेको छ । मेरो नेतृत्वको सरकार असार महिनामा कुनै पनि ठेक्का लगाउने र योजना कार्यान्वयन गर्ने पक्षमा छैन’ mमुख्यमन्त्री कँडेलले सभामा भन्नुभयो ।
उहाँले चालु आवका विभिन्न योजना शीर्षकमा बाँकी रहेको रकम प्राथमिकताका आधारमा क्रमागत र बहुवर्षे योजनामा खर्च गर्न आफू तयार रहेको समेत बताउनुभयो । मुख्यमन्त्री कँडेलले सबैले अनुभूत गर्ने गरी सरकारले काम गर्ने र सङ्घीय सरकारलाई बजेट विनियोजनका लागि पठायएका योजनामा समेत आफूले त्यही मान्यतालाई अनुशरण गरेको बताउनुभयो ।
अघिल्लो सरकारले गरेका राम्रा कामहरूलाई प्राथमिकता राखेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो । प्रदेशसभाका हिउँदे अधिवेशन आजैदेखि अन्त्यका लागि सिफारिस गरेको पनि उहाँले सदनलाई जानकारी गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा