
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडौँमा आजदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा मन्तव्य राख्दै उहाँले भन्नुभयो, ‘व्यापारिक सुविधालाई प्रोत्साहन मात्र होइन व्यापारका अवसर पनि बढाउन मद्दत हुनेछ । नेपालले विद्युत् निर्यात पनि गरिरहेको छ जसबाट दुई देशकाबीचका सम्बन्धमा नयाँ आयाम पनि थपिएको छ ।’
नेपालको विकासका लागि आगामी दिनमा भारतीय सहयोग रहिरहने प्रतिबद्धता दोहो¥याउँदै राजदूत श्रीवास्तवले भन्नुभयो– ‘हामीले एकीकृत चेकपोष्टको निर्माण गरिरहेका छौँ । केही बनिसकेका छन् केही बन्ने क्रममा छन् । त्यसैगरी अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि काम भइरहेको छ । ऊर्जा व्यापारमा दीर्घकालीन सम्झौता पनि भएको छ । हामी आपसी सहकार्यमा विभिन्न क्षेत्रमा काम गरी नै रहेका छौँ ।’
त्यस अवसरमा एसियाली विकास बैंक(एडिबी)का मध्य–पश्चिम र दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष यिङमाङ याङले नेपालको विभिन्न क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।
उहाँले एडिबीले लगानीका लागि विभिन्न अवसर खोजिरहेको जानकारी गराउँदै भन्नुभयो– ‘नेपाल प्राकृतिक स्रोत, कृषि, हरित ऊर्जा, पर्यटन, व्यापार र लगानीमा सम्भावना भएको देश हो । हामीले सहकार्य गरेर लगानी गर्ने अवसर खोज्दैछौँ । निजी क्षेत्रलाई सहजीकरण गर्न सरोकारवालासँग काम गरिरहेका छौँ । सहकार्य र सहयोग गर्ने प्रतिवद्धता जनाउँछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा