
सुर्खेत । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलबीच आगामी बजेटबारे छलफल भएको छ । उहाँहरुबीच शुक्रबार आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष प्राथमिकतामा राख्नुपर्ने आयोजना र बजेटबारे छलफल भएको हो ।
मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकारको तर्फबाट प्राथमिकताका साथ ६ बुँदामा विभिन्न आयोजना समावेश गरी प्राथमिकता दिन मन्त्री पुनसँग आग्रह गर्नुभएको थियो । कर्णाली करिडोर (सुर्खेत–हुम्ला) र भेरी करिडोर (सुर्खेत–डोल्पा) लाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत विशेष प्राथमिकतामा राख्न उहाँले आग्रह गर्नुभयो ।
आयोजनाको छुट्टै संरचनासहित आयोजना कार्यालय स्थापना र आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरी उपयुक्त आयोजना यथाशक्य कार्यान्वयन तथा सम्पन्न गर्ने व्यवस्था गरिदिन मन्त्री पुनसमक्ष आग्रह गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो ।
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको र कर्णाली प्रदेशको राजधानी जोड्ने प्रदेश प्रवेशद्वारका रुपमा रहेको कोहलपुरदेखि सुर्खेतसम्मको रत्न राजमार्गलाई चार लेनको बनाउने योजना कार्यान्वयनमा नगएकाले आवश्यक बजेटसहित कार्यान्वयनको व्यवस्था गर्न समेत मुख्यमन्त्री कँडेलले आग्रह गर्नुभएको छ । नेपाल सरकारको विगतका वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएका तथा हालसम्म कार्यान्वयनमा जान नसकेको सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नति गरी सङ्घीय राजधानीसँग कर्णाली प्रदेशको हवाई पहुँच र आन्तरिक उडानको केन्द्रका रुपमा विकास गर्न आवश्यक बजेटसहित कार्यान्वयनको व्यवस्था गर्नसमेत उहाँले मन्त्री पुनसमक्ष आग्रह गर्नुभएको छ ।
भूकम्पप्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा निजी आवास तथा अन्य संरचना पुनःनिर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न अनुरोध गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो । कर्णालीको राजधानी सुर्खेत उपत्यकाको तल्लो तटीय क्षेत्र बाढीबाट वर्षेनी प्रभावित हुने भएकाले दीर्घकालीन समस्या समाधानका लागि निकासखोला नियन्त्रण आयोजनाको डिपिआर समेत भइसकेकाले प्राथमिकता राखी बजेटसहित कार्यान्वयनको व्यवस्था गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
कर्णाली प्रदेशमा सङ्घीय सरकारको तर्फबाट सञ्चालित विकास आयोजनालाई निरन्तरता दिई बजेटको व्यवस्था गरी कर्णालीका जनतालाई न्याय दिन समेत मुख्यमन्त्री कँडेलले मन्त्री पुनसमक्ष अनुरोध गर्नुभयो छ । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत समेत सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै