
धनुषा । जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता भङ्ग गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्णयप्रति जनकपुरधाम उपमहानगरपालिकाले विरोध जनाएको छ ।
उपमहानगरपालिकाले आज विज्ञप्ति जारी गरी राखेपले जनकपुरधाम–१४ मा रगङ्शाला निर्माण गर्ने भनी गुठी संस्थानसँग गरिएको जग्गा बहाल सम्झौता एकपक्षीय ढङ्गले भङ्ग गर्ने निर्णय गरेको भन्दै विरोध जनाएको हो । रङ्गशाला निर्माणमा प्रतिबद्ध रहेकै बेला उपमहानगरपालिका र नगरप्रमुखलाई जोडेर जानाजान रङ्गशालाको जग्गा भाडा सम्झौता भङ्ग गरिएको भ्रामक प्रचारप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘रङ्गशाला निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाको लाखौँ रकम लगानी भई प्रचारका लागि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिसकेका छौँ । राखेपले उपमहानगरपालिकालाई कुनै जानकारी नदिइ एकपक्षीय तरिकाले भाडा सम्झौता भङ्ग गर्नु अत्यन्त गलत छ’ विज्ञप्तिमा भनिएको छ ।
रङ्गशाला निर्माणमा जनकपुरधाम उपमहानगरपालिकाको विशेष चासो रहेकाले राखेपले गुठी संस्थानसँगको सम्झौता भङ्ग गरिए पनि सोही जग्गामा रङ्गशाला निर्माण गरिछाड्ने र त्यसका लागि तीनै तहका सरकारसँग समन्वय गरी दीगो व्यवस्थापनमा जोड दिइने पनि उपमहानगरपालिकाको प्रतिवद्धता छ ।
त्यसैगरी खेलकुद परिषद्ले आर्थिक अभाव लगायत कारण देखाएर सम्झौता भङ्ग गर्ने प्रक्रिया अगाडि बढाएकामा यस कार्यमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख तथा अन्य कुनै पदाधिकरीको संलग्नता नरहेको उपमहानगरपालिकाले जनाएको छ ।
‘राखेपको निर्णयमा उपमहानगरका प्रमुख र अन्य कुनै पनि पदाधिकारीको संलग्नता छैन । त्यसैले उपमहानगरलाई दोषारोपण गरी चरित्र हत्या गर्न सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आग्रह गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।
राखेपले विभिन्न कारण जनाई केही दिनअघि मात्रै जग्गा बहाल सम्झौता भङ्ग गर्न चाहेको भन्दै गुठी संस्थान केन्द्रीय कार्यालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा