
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा विष्णुप्रसाद दाहाल चयन हुनुभएको छ ।
हेटौँडामा भएको नवौँ जिल्ला अधिवेशनले दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिवमा ध्रुवकुमार भुजेल, उपसचिवमा टङ्कप्रसाद मोक्तान, कविन पन्त र बेगम बराल चयन हुनुभएको एकीकृत समाजवादी मकवानपुरले जनाएको छ ।
समितिको सदस्यमा सुकराम केसी, ज्ञानेन्द्र देवकोटा, रमेशकुमार राई, बिएन शर्मा, बलराम बल, राजु अधिकारी, गजेन्द्र कन्दगङ्वा, मनोज वाइबा, धन मोक्तान, शुक्रदेवी बल, सरस्वती तिम्लिसिना, रजनी तिवारी, शान्तिप्रिय बन्दनालगायत चयन हुनुभएको छ । अधिवेशनको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा