
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा बनाउन तल्लो तहको सुझाव समावेश गर्ने भएको छ । पार्टीले मातहतका सात प्रदेश सम्पर्क कमिटी र ७४ जिल्ला सम्पर्क मञ्चसँग राय तथा सुझाव मागेको छ ।
आगामी जेठ मसान्तभित्र मातहतका सबै सम्पर्क कमिटीमा दस्तावेजबारे विस्तृत छलफल गरी केन्द्रमा राय, सुझाव बुझाउन समयसीमा निर्धारण गरिएको पार्टीले जनाएको छ । तल्लो तहदेखि आएको सुझाव समावेश गरी साझा प्रतिवेदन निर्माण गर्न दस्तावेजलाई परिस्कृत र परिमार्जित गरिने छ ।
असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने १०औँ महाधिवेशनका लागि असार १ गतेदेखि प्रतिनिधि चयन गर्न लागेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभएको छ । पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीले सम्बन्धित प्रतिनिधिको नामवली आगामी जेठ दोस्रो सातासम्म सिफारिस गरी केन्द्रमा पठाउने छन् ।
पार्टी मातहत कमिटीले पठाएको नामावलीका आधारमा प्रतिनिधि छनोट गरिने छ । पार्टी सदस्यता प्रमाणीकरणपछि उनीहरू मतदाता तथा उम्मेदवार बन्न पाउने छन् । सबै कमिटीले सम्बन्धित नेताको सङ्गठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्न र आफ्नो कार्य क्षेत्रका सदस्यलाई बैठक गरी त्यसको जानकारी गराउनुपर्ने छ ।
पार्टी सदस्यता विस्तार तथा सङ्गठन सुदृढीकरण गर्न गत वर्ष माघ २५ गतेदेखि चैत २५ गतेसम्म महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरिएको थियो । त्यस अवधिमा पार्टी सदस्य व्यवस्थित तथा विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, वितरण गर्न सदस्यता शुल्क लगायत व्यवस्थित गरिएको पार्टीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा