राजनीति

राष्ट्रिय हित संरक्षणमा सेनाको योगदान महत्वपूर्णः प्रधानमन्त्री

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि सङ्कटको बेलामा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो– ‘सन् २०२२ नोभेम्बर ३० बाट शान्ति सैनिक खटाउने राष्ट्रको सूचीमा नेपालले पहिलो स्थान हासिल गर्न सफल हुनुलाई शान्ति स्थापना कार्यमा थप महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएका छौँ ।’