
सुर्खेत । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ बैठक बसेर अन्त्य गरिएको छ ।
फागुन ३० गतेदेखि शुरु भएको दोस्रो कार्यकालको तेस्रो बैठकबाट विभिन्न विधेयक पारित हुने गरी बिजनेस पाउने भनिए पनि सरकारको फेरबदलले कुनै पनि विधेयक पारित हुन नसकी सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।
यो अधिवेशनमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनुभयो भने प्रदेश खेलकुद विकास ऐन ७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, विषयगत समितिमा विचाराधीन अवस्थामा रहेका छन् । यी विधेयक संसदमा टेबल नै हुन पाएनन् ।
प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाउनुभएको थियो । संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरिएको पत्र सभामुख नन्दा गुरुङले पढेर संसद्लाई जानकारी गराउनुभएको थियो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा