
बागलुङ । काठेखोला गाउँपालिका–२ भीमापोखराकी रुपा विकले घरपालुवा कुखुराको अण्डा जोहो गर्नुभएको छ । दुई वर्षअघि आफू सुत्केरी हुने बेला पोषण नपुग्ला कि भनेर उहाँ आवद्ध सिर्जनशील स्वास्थ्य आमासमूहले ल्याएको पोषणयुक्त खानेकुरा उहाँलाई अहिले पनि झलझली याद आउँछ ।
रुपा सुत्केरी हुनेबेला स्वास्थ्य स्वयंसेविका गीता हमालको नेतृत्वमा आमासमूहका प्रतिनिधि घ्यू, अण्डा, तरकारी, गेडागुडी र चामल लगायत पोषणयुक्त खाना लिएर भेट्न पुगेका थिए । अहिले उहाँको समूहका आठ सदस्य गर्भवती छन् । उहाँहरुलाई भेट्न जाँदा आफँैले पालेका कुखुराका अण्डा उपहार लैजाने योजना रुपाले बनाउनुभएको छ ।
भीमपोखरामा रहेको आमासमूहले समूहमा आबद्ध सदस्य तथा उहाँहरुका घरपरिवारका सदस्य सुत्केरी हुँदा सामूहिकरुपमा भेट्न जाने पद्धति विकास गरेको छ । भेट्न जाँदा कोही पनि खाली हात जान पाउँदैन । समूहमा आबद्ध कसैलाई पनि कोसेली ल्याउन बाध्यकारी व्यवस्था भने छैन । आमाहरुले आफैँले गर्भावस्था र सुत्केरी अवस्थामा पोषणको कमी हुन नदिने सन्देश प्रवाह गर्ने र एकअर्कालाई सहयोग गर्नकै लागि आफ्नो घरमा जे छ त्यही कोसेलीका रुपमा लैजाने गरेका छन् ।
आमासमूहको अभ्यासले गर्भवती र सुत्केरीलाई पोषणयुक्त खाना खुवाउन निकै महत्वपूर्ण भूमिका खेलेको स्वयंसेविका हमालले बताउनुभयो । समूहको बैठक प्रत्येक महिनाको एकपटक आमासमूहका अध्यक्ष वा स्वयंसेविकाले खबर गरेको ठाउँ र समयमा बस्ने गरेको छ । बैठकमा सहभागीले हरेक महिना रु एक सय जम्मा गर्छन् । सदस्यहरुले त्यही पैसा समूहमै लगानी गरेर अप्ठ्यारो परेकालाई काम चलाउँछन् भने ब्याज रकमबाट असहाय तथा विपन्न परिवारका सुत्केरीलाई पोषण पुर्याउनकै लागि सहयोग समेत गर्छन् ।
बैठक र सुत्केरी भेटघाटमा जाँदा आमा तथा बच्चाको स्वास्थ्य एवं पोषणसम्बन्धी धेरै कुरा थाहा पाएको समूहकी अध्यक्ष चन्द्रकला थापाले बताउनुभयो । ‘आमा समूहको बैठक नियमित हुन्छ, सुत्केरी भेट्न जाँदा पोषणयुक्त खाना बोकेर जाँदा घरकै उत्पादन बोकेर जान्छौँ’ उहाँले भन्नुभयो– ‘बैठकमा जाँदा दिदीबहिनीसँग सुखदुःखका कुरा गर्न पाइन्छ ।’ उहाँका अनुसार गर्भावस्था र बच्चा स्याहार्ने बेला थुप्रै समस्या हुने र आफ्नो जस्तै भोगाइ भएका हजार दिने आमाहरूसँग भेटेर ती जिज्ञासा मेटाउन पाइन्छ ।
समूहमा २० जना सदस्य छन् । बैठकमा समूहका सदस्यबाहेक अरू पनि आउने गरेका छन् । स्वास्थ्य र पोषणको विषयमा बुझ्न खोज्नेहरू समूहमा आउने गरेको उहाँले बताउनुभयो । बजारिया खानपान भन्दा गाउँकै उत्पादन आमा र बच्चाको स्वास्थ्यका लागि राम्रो भन्ने सन्देश आमा समूहले गाउँभरि प्रवाह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता