
सुर्खेत । कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको छ । प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ ।
भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्ध वार्षिक समीक्षामार्फत सार्वजनिक गरेको प्रमुख स्वास्थ्य सूचकमा यो अवस्था देखिएको हो । मन्त्रालयले सुरक्षित सुत्केरी, बालमृत्युको अवस्था, परिवार नियोजनका अस्थायी साधनको प्रयोग र पोषणको अवस्थालगायत समेटी चालु आवसहित तीन आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गरेको हो ।
कर्णालीमा सबै खालका खोप पूर्णरुपमा प्राप्त गर्ने बालबालिका आर्थिक वर्ष २०७८÷७९ मा ८८।६ प्रतिशत थियो । आव २०७९÷८० मा घटेर ८३ प्रतिशतमा झरेको छ । चालु आवको पुस मसान्तसम्म ८२ प्रतिशतले खोप प्रयोग गरेका छन् ।
कूल बालबालिकामध्ये कम तौल भएका दुई वर्ष मुनिका बालबालिका आव २०७८÷७९ मा ४।१ प्रतिशत थियो । आव २०७९÷८० मा ३।६ प्रशित रहेको छ । चालु आवको पुस मसान्तसम्ममा २।७ प्रतिशत बालबालिका कम तौल भएको पाइएको छ ।
नवजात शिशुको मृत्यु सङ्ख्या आव २०७८÷७९ मा दुई जना रहेकामा आव २०७९÷८० मा शून्यमा झरेको तथ्याङ्क उल्लेख छ । तर चालु आवको पुस मसान्तसम्म छ जना मृत्यु भएको देखिएको छ ।
पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु सङ्ख्या आव २०७८÷७९ मा १० जना, आव २०७९÷८० मा आठ जना र चालु आवको पुस मसान्तसम्म १० जनाको मृत्यु भएको तथ्याङ्कमा छ ।
आव २०७८÷७९ मा मातृ मृत्यु सङ्ख्या १७ जना रहेको छ । आव २०७९÷८० मा १६ जना छन् । चालु आवको पुससम्ममा छ जना आमाको मृत्यु भएको तथ्याङ्कमा देखिएको छ । परिवार नियोजनको साधनको प्रयोगदर आव २०७८÷७९ मा १८।७ प्रतिशत, आव २०७९÷८० मा १६।१ र चालु आवको पुस मसान्त सम्ममा १६।१ प्रतिशत रहेको पाइएको छ । चार पटकसम्म नियमित गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या आर्थिक वर्ष २०७८÷७९ मा ७२।३ रहेको थियो भने आव २०७९÷८० मा बढेर ९८।३ प्रतिशत पुुुगेको छ । चालु आवको पुुस मसान्तसम्म ८५ प्रतिशत पुगेको छ ।
आठ पटकसम्म गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या आव २०७८÷७९ मा शून्यमा झरेको छ । त्यस्तै आव २०७९÷८० मा ३४।६ प्रतिशत छ । चालु आवको पुस मसान्तसम्म ३१।४ प्रतिशत छ । सुत्केरीपश्चात् मापदण्डअनुसार तीन पटक जाँच गराउने आमा आव २०७८÷७९ मा ५२।६ प्रतिशत रहेकामा आव २०७९÷८० मा बढेर ५७।३ प्रतिशत पुगेको छ । चालु आवको पुस मसान्तसम्म ६८।८ प्रतिशत रहेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
स्वास्थ्य संस्थामा गई सुत्केरी गराउनेको सङ्ख्या बढेको छ । आव २०७८÷७९ मा ६९।८ प्रतिशतले स्वास्थ्य संस्थामा गई सुत्केरी गराएकामा आव २०७९÷८० मा ८३।६ प्रतिशतले स्वास्थ्य संस्थामा गई सुत्केरी गराएका छन् । दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउनेको सङ्ख्या आव २०७८÷७९ मा ७०।१ रहेकामा २०७९÷८० मा ७४।५ रहेको छ । चालु आवको पुस मसान्तसम्म ५३।४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा जम्मा क्षयरोग बिरामीको सङ्ख्या आ २०७८÷७९ मा एक हजार छ सय ५२ जना थिए । आव २०७९÷८० मा ८० जना घटेर एक हजार पाँच सय ७२ रहेको छ । चालु आवको पुस मशान्त सम्म छ सय ८५ मात्र क्षयरोगी रहेका छन् । कुष्ठरोगमा बिरामीको सङ्ख्या आव २०७८÷७९ मा ६८ रहेकामा आव २०७९÷८० मा ७३ र चालु आवको पुस मसान्तसम्म २८ जना छन् ।
एचआइभी सङ्क्रमितको सङ्ख्या आव २०७८÷७९ मा ७० जना थिए । आव २०७९÷८० मा ५६ र चालु आवको मसान्तसम्ममा ४४ जना रहेको तथ्याङ्कमा उल्लेख छ । प्रदेशभरि बहिरङ स्वास्थ्य सेवा लिन आएका बिरामीको सङ्ख्या आव २०७८÷७९ मा १०४।५ प्रतिशत, आव २०७९÷८० मा ८४।७ प्रतिशत र चालु आवको पुस मसान्त सम्म ५३।४ प्रतिशत रहेको छ । अस्पतालमा आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या आव २०७८÷७९ मा ३।४ प्रतिशत, आव २०७९÷८० मा ५।१ र चालु आवको पुस मसान्तसम्ममा ६।२ प्रतिशत रहेको देखिएको छ । प्रदेश सरकारले स्वास्थ्य सूचकमा सुधार ल्याउन भरमग्दुर प्रयास गरेको जनाएको छ ।
कर्णाली प्रदेश पूर्ण खोपयुक्त घोषणा कार्यक्रमलाई मुख्य उपलब्धिका रुपमा हेरिएको छ । विद्यालयमा पोषण कार्यक्रम सञ्चालन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । तीन तहका सरकारको सक्रियतासँगै कर्णालीका स्वास्थ्य अवस्था सुधार भएको मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभयो । भौगोलिक विकटताले गर्दा तोकिएका काम गर्न समय लागेको समेत मुख्यमन्त्री शर्माको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै